विदेशी फिल्म प्रदर्शनमा कडाइ गर्नुपर्ने प्रावधान लागू हुनुपर्ने माग राख्दै सिनेकर्मिहरुले विकास बोर्डमा मागपत्र बुझाएका छन् l विकास बोर्डमा ९ बुँदे मागपत्र अध्यक्ष दयाराम दाहाललाई सिनेकर्मीहरुले बुझाएका हुन् l निर्देशक, प्राविधिक र निर्माता गरी सय जनाभन्दा बढीको हस्ताक्षरसहितको मागपत्र आइतबार बुझाइएको हो l ज्ञापन पत्रमा बोर्डलाई स्वयत्त बनाउनुपर्ने, राष्ट्रिय चलचित्र नीति २०७१ कार्यान्वयन गरिरहनुपर्ने, चलचित्र विधेयक स्वयत्त २०७७ सांसदबाट अनुमोदन गरिनुपर्ने, विदेशी चलचित्रको नेपालमा प्रदर्शनमा कडाइ गरिनुपर्ने लगायतका माग रहेका छन् l