नायिका लक्ष्मी बर्देवा र नायक दयाह्याङ राई अभिनीत म्युजिक भिडियो 'दिल खोलेर कुरा गरन' रिलिज भएको छ l युट्युब च्यानल टुवेल नोट्स बाट रिलिज गरिएको गीतमा आवाज प्रचण्ड बाबु राई र रचना रिमालको रहेको छ l

मुकुन्द राज अर्यालको रचना रहेको गीतमा लय सिर्जना तथा एरेन्ज हरि लम्सालको रहेको छ l जीवन भट्टराई र नायिका बर्देवाको संयुक्तमा निर्देशन गरिएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सम्पादन, रङ संयोजन र पोस्टर डिजाइन विष्णु खड्काले गरेका छन् l