बलिउड गायिका आस्था गिल प्रस्तुति दिनको लागि नेपाल आउने भएकी छिन् l  आगामी वैशाख २४ गते शनिवार अर्थात् मे ७ मा उनी नेपाल आउने भएकी हुन् l दरबारमार्गस्थित क्लब प्लाटिनममा ‘आस्था गिल लाइभ’ साङ्गीतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिने छिन् l युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनम संयुक्तमा आयोजना गर्न लागिएको कार्यक्रममा टिकटको मूल्य १ हजार र भिआइपीका लागि २ हजार राखिएको छ । फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’लगायतका गीत लोकप्रिय छन् ।