बलिउड फिल्म ‘रनवे ३४’ को ट्रेलर रिलिज भएको छ । फिल्मका मुख्य कलाकार अभिनेता अजय देवगनले सामाजिक सञ्जालमा ट्रेलर शेयर गर्दै सार्वजनिक भएको जानकारी गराएका हुन् l ट्रेलर शेयर गर्दै अजयले लेखेका छन् ‘रक्षक वा अपराध ?’ अप्रत्याशितको लागि आफैलाई तयार पार्नुहोस् ।
दुई दिग्गजहरूको भिडन्त सुरु भएको छ । तपाईँहरूलाई मन पर्नेछ ।’ फिल्ममा अजय देवगनको अलवा अमिताभ बच्चन, रकुल प्रीत सिंह, अभिनास कुरी र बोमन इरानीको मुख्य भूमिका छ । २९ अप्रिल २०२२ मा रिलिज हुन लागेको फिल्मलाई अभिनेता अजयले नै निर्माण तथा निर्देशन गरेका हुन् l