नायिका झरना थापाको निर्देशन रहेको फिल्म ए मेरो हजुर ४ भोलि बाट प्रदर्शनमा आउँदै छ l जोखिम मोलेर रिलिज गर्न लागिएको फिल्म दक्षिण भारतीय फिल्म 'केजिएफ २' सँग भिड्दै छ l सो कारणले पनि यती बेला ए मेरो हजुर ४ को व्यापारमा कति असर गर्ला भन्ने अनुमानहरू भइरहेका छन् । भने कत्तिले फिल्मको रिलिज मिति स्थगित खबर पनि फैलाई रहेका छन् l रिलिज मिति बारे स्पष्टीकरण दिँदै निर्देशक झरनाले सामाजिक सञ्जाल मार्फत एक स्ट्याटस राखेकी छिन् l थापाले लेखेकी छिन् : 

 

cinepati

सम्पूर्ण नेपाली दर्शकबृन्द,शुभचिन्तक, हितैषी,शुभेच्छुक, सञ्चारकर्मी तथा सहयोगी मनहरूमा हार्दिक नमस्कार । हामी तपाईँहरू माझ तपाईँहरूले नै मन पराएर सुपर हिट बनाउनु भएको चलचित्र `ए मेरो हजुर´ को चौथो श्रृङखला `ए मेरो हजुर-४´ लिएर पूर्वघोषित मिति अर्थात् नयाँ वर्ष ०७९,वैशाख १/April 14 मै देशभरका सम्पूर्ण हलहरूमा आउदैछौ । हामीले हाम्रो पहिलो चलचित्र `धर्मसंकट´ देखि `गोर्खाली´,`ए मेरो हजुर´ `तकदिर´ लगायत सबै चलचित्रमा यहाँहरूको असीम माया, साथ र हौसला पाइरहेका छौ । तपाईँहरू नै हाम्रो पहिलो र अन्तिम तागत हुनुहुन्छ । त्यसैले `ए मेरो हजुर-४´ लाई पनि तपाईँहरूको अझ धेरै साथ र सद्भावको जरुरी परेको छ । कतिपयले हामी निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला  चलाइरहेको हामीले थाह पायौँ । यसमा हामीलाई दुःख लागेको छ । हामीले हामीसँग भएको स्रोत, साधन,बजार र प्रविधिअनुसार पूर्ण इमानदारिताका साथ `ए मेरो हजुर-४´ निर्माण गरेका छौ । हामी, हामीले दर्शकलाई गरेको वाचाप्रति कटिबद्ध छौ । चाहे जस्तोसुकै परिस्थिति आओस, हामी हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ती पनि पछि हटेका छैनौ। यसमा नेपाली चलचित्रको भलो नचाहनेहरू ढुक्क भए हुन्छ । हाम्रो चलचित्र सम्पूर्ण हलहरूमा पुगी सकेको छ । हामी वैशाख १ मै दर्शकमाझ आउँछौ । अहिले हामी विदेशी चलचित्रसँग एक्लै लड्नु परेको छ, भोलि तपाईँले पनि लड्नु पर्ने नै छ । बुढी मरी भन्दा पनि काल पल्किएको हेक्का राख्नु हुन मेरो विनम्र अनुरोध छ । चलचित्रकर्मी मित्रहरू, आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईँलाई बाँकी राख्छ त ? यो तथ्यलाई बिचार गर्नु होला । बाँकी फैसला..दर्शक रुपी भगवान्को जिम्मामा..  #जय नेपाल/जय नेपाली चलचित्र/ जय दर्शक । जय `#ए मेरो हजुर-४´