फिल्म ‘ह्रस्व-दीर्घ’लाई बलिउडका चर्चित छायांकार कबीर लालले खिच्ने भएका छन् । कहो ना प्यार है ,ताल, युवराज, खौफ, हिरोपन्ती लगायत फिल्म खिचेका कबिर सँग निर्माण कम्पनीले आइतबार भर्चुअल माध्यममार्फत लिखित सम्झौता गरेको हो l ‘ह्रस्व-दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्दै छन् । निता फिल्मस्को ब्यानरमा फिल्म निर्माण हुनेछ । आगामी साउनदेखि पहिलो चरणको छायाङ्कन सुरु हुने फिल्ममा अभिनेत्री निता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहरको मुख्य भूमिका रहेको छ l नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायाङ्कन हुने फिल्म नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुनेछ । ७ करोडको लागतमा बन्ने फिल्ममा  बलिउडका चर्चित कलाकारको पनि अभिनय रहने बताइएको छ । सिनेमामा वसन्त अधिकारी मुख्य सहायक निर्देशकको रूपमा रहनेछन् । फिल्ममा अभिनेत्री निता ढुङ्गानाको पनि मुख्य भूमिका छ ।‘ह्रस्व-दीर्घ’मा अभिनेता सलोन बस्नेत अनुबन्धित भएका छन् । मङ्गलवार निर्माण टिमले सलोनसँग कागजी सम्झौता गरेका हुन् । मुख्य भूमिकामा सलोन फिल्ममा फाइनल भएका हुन् l