स्टोरी बैङ्कका लागि मागेको आवेदनबाट चलचित्र विकास बोर्डले २० फिल्म छानेको छ । २०७८ सालमा बैकका लागि आवेदन माग् गरेको विकास बोर्डले ६५ हाराहारी फिल्मबाट उत्कृष्ट २० फिल्म छानेको हो । लक्ष्मी , चङ्गा चेट , प्रलय ,छोरी , काडेतार , घाटु लगायतका फिल्म हरू उत्कृष्टमा परेका छन् l यसरी छानिएका फिल्मले चलचित्र विकास बोर्डबाट निर्माणका लागि आर्थिक सहयोग पाउँछन् । सरकारले अघिल्लो साल ‘स्टोरी बैङ्क’का ५० लाख रकम छुटाएकोमा यो साल त्यो रकम दोब्बर बनाएर १ करोड बनाएको छ । कार्यविधि अनुसार दुई फिचर फिल्म, दुई डकुमेन्ट्री र एउटा सर्ट फिल्मलाई राज्यले निर्माणमा सघाउने कार्यविधिमा उल्लेख गरिएको थियो ।
यो साल भने बोर्डले थप ५ फिल्मलाई निर्माणमा सघाउने छ । स्वदेशी तथा मौलिक फिल्म निर्माणमा मद्दत पुग्ने अभिप्रायका साथ बोर्डले अघिल्लो साल ‘स्टोरी बैङ्क कार्यविधि २०७७’ बनाएको थियो । कार्यविधिले नेपाली नागरिकबाट पटकथा माग्ने र तिनलाई मौलिकता, ऐतिहासिकता, सांस्कृतिक कसीमा जाँची पुरस्कृत गर्ने व्यवस्था गरिएको छ । गत साल बोर्डमा सर्ट र फिचर गरी ४० हाराहारी पटकथा आएका थिए ।