लामो समयको प्रेम सम्बन्धलाई लगन गाँठोमा कस्ने तयारीमा बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भाट् छन् l यो जोडीले भोलि यानीकी  बिहीबार लगन गाँठो कस्दै छन् l आलिया र रनवीर बिहीबार परिवारको आरके स्टुडियोमा वैवाहिक जीवनमा जोडिँदै छन् । विहेलाई नै मध्य नजर गर्दै ‘ब्रह्मास्त्र’ टिमले आलिया र रनवीरलाई उपहार दिएका छन् l टिमले  जोडीलाई एक भिडियो उपहार दिएका हुन् l भिडियो सार्वजनिक गर्दै ब्रह्मास्त्रका निर्देशक आयन मुखर्जीले लेखेका छन्, 'यो भिडियो रनवीर र आलियाको निम्ति । जीवनको यो नयाँ यात्रामा जोडिँदै गरेका रनवीर र आलिया मेरा नजिकका प्यारा व्यक्तिहरू हुन् । उनीहरू मेरो खुसी हुन् । उनीहरूले मेरो जीवनलाई सबैथोक थपिदिएका छन् । फिल्मको गीत केशरियाको यो दृश्यमार्फत दुवैलाई हामी वैवाहिक जीवनको शुभकामना व्यक्त गर्दछौँ ।' भिडियोमा बनारसको बाटोमा यी दुईको रोमान्टिक जोडी देख्न सकिन्छ । फिल्ममा आलिया र रनवीर ईसा र शिवको भूमिकामा देखिँदै छन् । भिडियोमा बनारसको बाटोमा हिँड्दै गर्दा पृष्ठभूमिमा बज्छ अर्जित सिंहको 'केशरिया' गीत । उक्त पोस्टको कमेन्टमा आलियाले 'लभ'को इमोजी पनि लेखेकी छन् ।