वान सिनेमाज्ले काठमाडौँको कालीमाटीमा नयाँ हल सञ्चालनमा ल्याउने भएको छ । नयाँ वर्षको अवसर पारेर नयाँ हल सञ्चालनमा ल्याउन लागिएको हो l  कालीमाटी ट्रेड सेन्टरको चौथो तल्लामा सञ्चालनमा ल्याइएको हलमा भोलि बाट ‘ए मेरो हजुर ४’ र ‘केजीएफ च्याप्टर २’ प्रदर्शनमा ल्याइने छ l ३०० सिट क्षमताका दुई अडिटोरियमलाई सञ्चालनमा ल्याउन लागिएको हलमा प्राइभेट स्क्रिनिङ गर्न मिल्ने सुविधासहित प्रिमियम अडिटोरियम सञ्चालनमा ल्याइने छ l चाँडै वान सिनेमाजका थप आउटलेटहरु नेपालगञ्ज, इटहरी र भैरहवामा खोल्ने तयारी छ । बानेश्वरको हलमा वैशाख १ गतेदेखि ७० सिट क्षमताको प्रिमियम अडिटोरियम पनि सुरु हुँने वान सिनेमाजका प्रमुख प्रज्ज्वल राणाले बताएका छन् l