आना शर्मा र अनुपविक्रम शाहीले नयाँ फिल्म ‘माया’मा देखिने भएका छन् l रोहित वैद्यको डेब्यु निर्देशन रहने फिल्ममा आना र अनुपले अनस्क्रीन रोमान्स गर्ने भएका हुन् l पारिवारिक कथामा निर्माण हुने फिल्ममा यो जोडीले पहिलो पटक स्क्रिन सेयर गर्दै छन् l वैशाख १३ गते बाट फिल्म फ्लोरमा जाने छ l अनुप अभिनीत ‘लप्पन छप्पन २’ हालै प्रदर्शनमा आएको थियो । अनुप अभिनीत दुई फिल्म लाखे र जार प्रदर्शनको तयारीमा छन् । साथै, आना अभिनीत ‘द म्यान फ्रम काठमाडौँ’ सन् २०१९ मा रिलिज भएको थियो ।