गत शुक्रबार देखि प्रदर्शन भइरहेको चलचित्र ‘२ रुपैयाँ’ दर्शकको लागी रु.२ मा चलचित्र हेर्ने पाउने अवसर ल्याएको छ । सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘२ रुपैयाँ’का निर्माण पक्षले यहि बिहिबार रु.२ मा चलचित्र हेर्ने पाउने घोषणा गरेको हो । जसमा भाग्यमानी १०० जनाले रु.२ मा चलचित्र हेर्ने पाउने छन् ।

चलचित्रको टिकट काट्न भने २ रुपैयाँको नोट चाहिने छ । कमलपोखरी स्थित कुमारी हलमा देखाइने चलचित्रकाे लागी काउन्टर बिहिबार बिहान ११ बजे देखि खुल्ने छ ।निश्चल बस्नेत र आसिफ शाहको मुख्य भुमिका रहेको चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् । डार्क कमेडी चलचित्रमा पैसाको लागी दुई युवाले गर्ने सर्घष, भोग्ने दुखलाई देखाइएको छ । चलचित्रमा निश्चल र आसिफको साथमा मेनका प्रधान, बुद्धि तामाङ, रबिन्द्र झा, राजन इसान, टिका पहारी लगायतका कलाकारको अभिनय रहेको छ।