फिल्म ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अभिनेता कर्मा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा प्रस्तुत छन् । फिल्ममा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम र बालकलाकार असिम लामाको पनि अभिनय छ । साइकोलोजिकल थ्रिलर रहेको फिल्म आगामी वैशाख २३ गतेबाट प्रदर्शन आउनेछ ।
मिलन डी काप्रिको निर्देशन रहेको फिल्मलाई क्लेमेन्टाइन प्रोडक्सन र ट्राभल्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो l शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् ।