फिल्म 'ए मेरो हजुर ४' आज बाट प्रदर्शनमा आएको छ l फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन् l सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक झरना थाप लेखेकी हुन् ।  प्रेम कथामा आधारित रहेर फिल्म बनेको छ l पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतीक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । फिल्ममा अनमोल र सुहानाको अलावा सलोन बस्नेत, सरोज खनाल , रबी गिरी लगायत कलाकारहरूको अभिनय रहेको छ  l