पाना आर्ट्सको प्रस्तुतिमा 'जे देख्छु त्यो म होइन' बोलको म्युजिक भिडियो रिलिज भएको छ l दीपेश किशोर भट्टराईको आवाज र लय सिर्जना रहेको गीतको शब्द प्रवीण घिमिरे 'युनिटी' ले कोरेका हुन् l जेम्स प्रधानको एरेन्ज गीतमा छ l

नायिका लक्ष्मी बर्देवाको कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् l जीवन भट्टराई, आर्श्या दाहाल र आस्विनी बर्देवाको अभिनय भिडियोमा देख्न सकिन्छ l विष्णु खड्काको सम्पादन भिडियोमा छ l