गत आइतबार वाट प्रदर्शनमा आएको नेपाली फिल्म 'ए मेरो हजुर ४' ले सुखद ओपनिङ गरेको छ l 'केजिएफ' भारतीय फिल्मको दबदबाबिच पनि देशभरका हलहरूमा पहिलो सो हाउस फुल बनेको छ l फिल्म आज दोश्रो दिनमा आएको दोश्रो दिन पनि नेपालका अधिकाशहरु भरिएका छन् भने फिल्मलाई दर्शकले अत्याधिक रुचाएका छन् l नयाँ वर्षको बिदा भएकाले पनि फिल्मको अकुपेन्सी अपेक्षित हो । तर, दक्षिण भारतीय फिल्म केजीएफ २ मा दर्शक उर्लिएकाले ए मेरो हजुरको भविष्यमाथि अझै संशय छ । केजीएफले धेरै हलहरू कब्जा गरेकाले ‘ए मेरो हजुर ४’ ले उल्लेख्य सो प्राप्त गरेको छैन । फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन् l सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक झरना थाप लेखेकी हुन् ।  प्रेम कथामा आधारित रहेर फिल्म बनेको छ l पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतीक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । फिल्ममा अनमोल र सुहानाको अलावा सलोन बस्नेत, सरोज खनाल , रबी गिरी लगायत कलाकारहरूको अभिनय रहेको छ    l