संविधान दिवसको अवसर पारेर नेपाल सरकारले केही कलाकार र सङ्गीतकर्मीहरू विभूषित भएका छन्  । नायक अनमोल केसी , नायिका केकी अधिकारी, गायक प्रकाश सपुत लगायत कलाकारहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शित्तल निवासमा आयोजना गरिएको कार्यक्रममा कलाकारहरूलाई विभूषित गरेकी हुन् । यसै गरी कलाकार कमल गाउँले, नृत्यकार महेश प्रकाश हाडा, गायक नवीन कुमार पौड्यल, बहिरा कलाकार सुजल बम, नृत्यकार तेरिया फौजा मगर, कलाकार शिव शंकर रिजाल (जोगेन्द्र) विभूषित बाट सम्मानित भएका छन् l  संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट देशका लागि योगदान पुर्‍याउनेहरूलाई मानपदवीबाट हरेक वर्ष विभूषित गर्ने गर्छ । सोही घोषणा अनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत मानपदवी प्राप्त गर्ने महानुभावहरूलाई विभूषित गरेकी हुन् l