अभिनेता मुकुन भुसाल र अभिनेत्री मेनुका प्रधान अभिनीत फिल्म 'गणपति' को फर्स्ट लुक सार्वजनिक गरिएको छ l नयाँ वर्षको दिन पारेर निर्माण टिमले फिल्मको फर्स्ट लुक सार्वजनिक गरेका हुन् l फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका हुन् l फिल्मको  कथा, पटकथा तथा संवाद निर्देशक अधिकारीले नै लेखेका हुने ।   लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्मले भगवान् र मानिस बिचको फरकपन देखाउने छ । फिल्मको नाम धार्मिक  सुनिए पनि यसले कुनै पनि धर्मको विरोध वा प्रचार नगर्ने निर्देशकले बताएका छन् l   मुकुन भुसाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, राजाराम पौडेल, पुष्कर गुरुङ लगायत कलाकारहरूको फिल्ममा अभिनय रहेको छ ।