फिल्म ‘कैदीको पत्र’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर निर्माण टिमले फिल्मकोपोस्टर सार्वजनिक गरेका हुन् l सनमकुमार वैराग निर्देशित फिल्ममा म्याडिसन लजारस र सलिना थापामगरको मुख्य भूमिका रहेको छ । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ । साहित्यकार स्वर्गीय ईश्वर मानन्धरको कथा ‘कैदीको पत्र’मा आधारित फिल्मको प्रदर्शन मिति भने केही दिनपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।