सत्यराज आचार्यको आवाजमा ‘सानी र्‍याईं र्‍याईं र्‍याईं...’ बोलको गीत सार्वजनिक भएको छ l आवाजमा सत्यलाई गायिका मिलन नेवारले साथ दिएकी छिन् l   गहतराजको लेखन र संगीत रहेको गीतको भिडियो निर्देशन कोरियोग्राफर कविराज गहतराजले गरेका हुन् l

सौरभ लामाको छायांकन गरेको भिडियो अर्जुन जिसीको सम्पादन रहेको छ । भिडियोको रङ्ग संयोजन रेनिश फागोले गरेका छन् । भिडियोमा प्रकाश सपूत र आँचल शर्माले अभिनय गरेका छन् ।