चलचित्र विकास बोर्डले तीन वटा सिनेमा हल माथि कारबाही गर्ने भएको छ l बिग मुभिज, एफक्युब र बिएसआर नियम विपरीत काम गरेकोले कारबाही गर्न लागिएको हो l रात्रि सो सञ्चालन गरेको तथा टिकट दर नै नराखी टिकट बिक्री गरेको भन्दै विकास बोर्डले कारबाही गर्ने तयारी गरेको हो l राजस्व अनुसन्धान विभाग तथा जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै तीनै हलमाथि छानबिन गरी कारबाही गर्न अनुरोध गरेको विकास बोर्ड अध्यक्ष दयाराम दाहालको भनाइ छ l कर छली गरेको पाइएमा राजस्वले हल बन्द गर्ने तथा ठाउँको ठाउँ जरिवाना गर्न सक्ने व्यवस्था छ । राजस्वले सामान जफत गर्ने र ५ लाख बराबरको जरिवाना तिराउन सक्ने पनि व्यवस्था छ । हल सञ्चालकहरूले नियम विपरीत काम गरेको यो पहिलो पटक हैन l हलहरूले बारम्बार नियम मिचेर विदेशी फिल्म प्रदर्शन गर्दै आएको गुनासो पनि व्यापक रहने गरेको छ । हिजो बाट प्रदर्शनमा आएको साउथ सिनेमा 'केजिएफ' दर्शको माग भन्दै हल सञ्चालकहरूले मध्य राती १ बजे देखी पनि फिल्म प्रदर्शन गरी रहेका छन् l