गत आइतबार बिहे बन्धनमा बाँधिएका बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भाटलाई बधाईको ओइरो आइरहेको छ l सञ्जाल तस्बिर सेयर गरेकी आलियालाई सिनेकर्मीहरुले पनि बधाई दिइरहेका छन् l यस क्रममा रणवीरकी पूर्व प्रेमिका दीपिका पादुकोणले रणवीरलाई वैवाहिक जीवनको शुभकामना दिएकी छिन्। दीपिकाले लेखेकी छन्, जिन्दगीभर तिमीहरू दुवैलाई माया, खुसीको सञ्चार छाइरहोस् ।’ दीपिका रणवीरकी पूर्व प्रेमिका समेत हुन् । यस्तै अभिनेता अनिल कपुरले पनि रणवीर-आलियालाई बधाई दिँदै लेखेका छन्, ‘विवाहको शुभकामना, नयाँ क्लबमा स्वागत छ ।