फिल्म 'शमशेर' मा 'साङ्लो' भिलेन प्रकाश शाह र अर्का कलाकार सुमन थापा अनुबन्धित भएका छन् l एक्सन जनरामा बन्न लागेको फिल्मलाई एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गरिन लागिएको हो l फिल्ममा अभिनेता पक्का भएपनी अभिनेत्री भने फाइनल भैसकेको छैन l हाल निर्माण टिम अभिनेत्रीको खोजीमा छन् l फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने छ। सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको फिल्ममा मनिष राउत , गौरव पहारी, हिमेश पन्त , सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय रहेको छ l फिल्ममा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ l