साहित्य, कला र सँस्कृतिकाे जगेर्ना तथा प्रवर्ध्दन गर्ने उदेश्य लिएर स्थापना गरिएकाे " अभियान साहित्य कलाकार समाज"ले नयाँवर्षकाे अवसर पारेर भव्य सम्मान तथा अभिन्दन कार्यक्रम सम्पन्न गरेकाे छ ! बृहत् साहित्य कविता गाेष्ठी तथा सम्मान अभिनन्दन कार्यक्रम २०७९" नाम दिएकाे उक्त समाराेह यहि नवबर्ष २०७९ साल बैशाख ३ गते भक्तपुरकाे लाेकन्थली स्थित दिब्यश्वरी पार्टी प्यालेसमा सम्पन्न भएकाे हाे! बरिष्ठ साहित्यकार तथा समाजसेवी ९२ बर्षिय भद्रकुमारी घले   प्रमुख  अतिथि  रहेकाे समाराेहमा मदनकृष्ण श्रेष्ठ, हरिबँश अाचार्य,अाउने भनिए पनि अस्वस्थताका कारण अन्तिम समयमा अाउन नसक्ने जानकारी गराउनु भयाे! कार्यक्रममा माेदनाथ प्रश्रित, राम कुमार पाँडे,अशेष मल्ल, हरिबहादुर थापा, रमेश खकुरेल, लक्ष्मि भुषाल,राज्यलक्ष्मि नकर्मी र भद्र कुमारी घले सहित ८ जना विशिष्ट ब्यक्तितहरुलाई सँस्थाकाे तर्फ बाट अभिनन्दन गरिएकाे छ त्यसै गरि कलाकारतर्फ याेगदान पुर्याउने रामचन्द्र अधिकारी, सुभाष गजुरेल, सुरबीर पण्डित,साहित्यकारहरु गाेबिन्द घिमिरे "बेदमणी", रमेश शुभेच्छु, गणेश घिमिरे मार्मिक, समाजसेवी महाप्रसाद पराजुली, हरि प्रकाश पुडासैनी रङ्ग पत्रकार कृष्ण भट्टराई, फाेटाे पत्रकार नवराज वाग्ले सहित २१ जना ब्यक्तित्वलाई पनि उक्त समाराेहमा सम्मान  गरिएकाे कुरा कार्यक्रम मुल अायाेजक समितिका सँयाेजक तथा सँस्थाका सचिव , कलाकार घनश्याम गाैतमले जानकारी दिनु भएकाे छ! अब देखि प्रत्येक बर्ष सँस्थाले कलाकारिता, साहित्य तथा समाजसेवा मा याेगदान पुर्याउने ३ जना ब्यक्तित्वलाई सम्मान गरिने र कलाकार तथा साहित्यकारकाे हक हित र सँरक्षण तथा प्रवर्धनमा विशेष याेजना ल्याएर सकृयरुमा काम गर्ने अध्यक्ष पशुपति दँगालले प्रति बध्दता जनाउनु भयाे! भबिस्यमा सबै प्रदेशहरुमा सँस्थालाई बिस्तार गरि देशैभरीका साहित्यकार तथा कलाकारहरुकाे एउटै नेटवर्क बनाएर विभिन्न याेजना तथा कार्यक्रम तयार गरिने भएकाे छ! बैशाख ३ गते सम्पन्न  बृहत साहित्य कविता गाेष्ठी तथा सम्मान  अभिनन्दन कार्यक्रम "मा गित गायन नृत्य तथा कविता गजलहरुकाे पनि प्रस्तुति रहेकाे थियाे! कार्यक्रमकाे पूरा कार्यक्रम "लाईफ अाेके टेलिभिजन" बाट प्रत्यक्ष प्रसारण गरिएकाे थियाे! सँस्थाले स्थापना भएकाे छाेटाे समयमै यत्राे भब्य कार्यक्रम गर्न सफल भएकाेमा अतिथिहरुले बधाई तथा सँस्थलाई सफलताकाे शुभकामना दिएका थिए! कार्यक्रमा स्वागत मन्तब्य राख्दै सचिब घनश्याम गाैतमले बासुरि बादक बिजय कुमार दर्लामी मगरकाे बाँसुरि काे धुन बाट सबैलाई  स्वागत गरेका थिए! सँस्थाका सँरक्षक डम्बर घिमिरेले बिदाई मन्तब्य मा ! ठुलाे अाँट र हिम्मतले याे कार्यक्रम गरेकाे र सबै मिलेर यसलाई सफल बनाएकाे मा सम्पुर्ण लाई धन्यवाद दिनु भयाे! सँस्थाका उपाध्यक्षले ! अामा शीर्षक काे गित गाएर सबैलाई मन्त्र मुग्ध पार्नु भएकाे थियाे दुई सय भन्दा बढि दर्शककाे उपष्थिति रहेकाे उक्त कार्यक्रम मा सभालाई समापन गर्दै सँस्थाका अध्यक्ष तथा सभापति पशुपति दँगालले कार्यक्रममा सहयाेग गर्नेलाई सबैलाई धन्यवाद ज्ञापन दिनु भयाे! कार्यक्रमकाे प्रमुख अतिथि भद्रकुमारी घले ज्युले ! अहिले काे समयमा ३ दर्जन भन्दा बढि ब्यक्तित्वलाई अभिनन्दन तथा सम्मान गर्नु चानचुने कुरा हाेइन  यत्राे कार्यक्तम गर्न ठुलाे मुटु चाहिन्छ भन्नु भयाे ! शुभकामना मन्तब्य दिने क्रममा अभिनन्दित हुने , राम कुमार पाँडे, माेदनाथ प्रश्रित, अशेष मल्ल, हरि बहादुर थापा, र लक्ष्मि भुषाल लगायतले  सँस्थाकाे सफलताकाे लागि कामना गर्दै निरन्तरता नै सँस्थाकाे सफलता हाे भन्ने धारणा ब्यक्त गर्नु भयाे! कार्यक्रमकाे सन्चालक कुशल सन्चारकर्मी शम्भुलाल श्रेष्ठले गर्नु भएकाे थियाे!