फिल्म ‘मन्त्र’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘घरी घरी’ बोलको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री दिया पुन फिचर्ड छन् । अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ ।  आगामी वैशाख १६ गते रिलिज हुने फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ, दिया पुन लगायत कलाकारहरूको अभिनय रहेको छ  ।

गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा फिल्म निर्माण गरिएको हो l खिलबहादुर गुरुङले फिल्म निर्देशन गरेका हुन् । साम्तेन भुटियाको कथा रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ । फिल्मले गोरखाको मनास्लु क्षेत्रको कथालाई भन्नेछ ।  सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पाश्वर्य संगीत समावेश फिल्ममा देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेका छन् l