नेपाली फिल्मलाई बेवास्ता गर्दै साउथ फिल्मलाई प्राथमिकता दिएको भन्दै अहिले सिनेकर्मीहरु हल सञ्चालकहरू प्रति आक्रोशित बनेका छन् l गत एक गते बाट प्रदर्शन मा आएको 'ए मेरो हजुर ४' लाई कम सो दि सोही मिति बाट प्रदर्शनमा आएको साउथ फिल्म केजिएफलाई भने हलहरूले ठुलो मात्रामा सो दिइरहेका छन् l ‘केजीएफ २’को दबदबाबिच ‘ए मेरो हजुर ४’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको थियो । प्रदर्शनको दुई दिन फिल्मले सिङ्गल र मल्टीप्लेक्स दुवैतर्फ हाउस फुल व्यापार गर्‍यो । तर, फिल्मले दर्शकको राम्रो साथ पाइरहँदा पनि मल्टीप्लेक्सहरुले सो बढाउन आवश्यक ठानेका छैनन् । बरु, काठमाडौँ र मोफसलका केही हलहरूले फिल्मको सो घटाएर ‘केजीएफ २’लाई थुपारेका छन् । हलहरूले आफूहरू माथि थिचो मिचो गरेको भन्दै कलाकार दिपक राज गिरीले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गर्दै एक स्ट्याटस हलसंचालकहरुलाई केन्द्रित गर्दै लेखेका छन् l गत शनिवार गिरीले लेखेको स्ट्याटस यस्तो छ l

cinepati

KGF पनि चलाऊ , पैसा मज्जाले कमाऊ !! तर नेपाली फिल्म लाई दिएको थोरै सो त नघटाऊ l Qfx ( ktm)लगायतका केही हलहरू ले न्याय गरेको देखियो !तर केही हलहरू ले भने बदमासी गरेको मज्जाले देखिएको छ ! तपाइहरू लाई भोलिका दिनमा स्वदेशी उत्पादनमा अनिवार्य कोटा भनेर प्रतिशत तोकियो भने कति गारो पर्छ होला ? जुन सम्भावना पनि छ !! KGF ले आगो बालेको छ  सही हो त्यसमा तपाइहरूले नियम मै नभाको रातिको सो राख्नु भो कमाउनु भो , ठिक छ , कमाएको राम्रो ! कमाउनुस् !तर नेपाली फिल्म राम्रै चलिरहेको छ भने त्यस्को सो चाहिँ किन घटाउनु हुन्छ ? अलिकता नैतिकता प्रदर्शन गरौँ! नेपाली ब्रान्ड विदेशीको तुलनामा कमजोर होलान् तर अशक्त छैनन् ! हाम्रा आफ्नै दर्शक छन् … तिनीहरूको पनि सम्मान गरिदिनु होला !

 जय नेपाल !!शुभरात्री!!!