फिल्म ‘प्रेमगञ्ज’ को टिजर सार्वजनिक गरिएको छ l निर्माण टिमले राजधानीमा शनिवार सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा फिल्मको कपिरटाइस् फ्रि टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा सुरक्षा पन्त, बेनिशा हमाल र सम्पदा बानियाँका अलावा डेव्यु अभिनेता तेज गिरीलाई देखाइएको छ । यति मात्र होइन निर्माण टिमले कपिरटाइस् फ्रि टिजरलाई युट्युब, फेसबुक तथा टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेलाई २५ हजार, १४ हजार र १० हजार पुरस्कारको पनि व्यवस्था गरेको छ ।
टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर सिनेमाको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्नेछ फिल्मको मुख्य भूमिकामा बेनिशा हमाल र तेज गिरी रहेका छन् l मुक्तिनाथ विकास बैङ्कका जागिर तेजले ‘प्रेमगन्ज’बाट मुख्य अभिनेतामा डेब्यु गरेका हुन् । परीच्छेद सेनको निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् l ‘चलचित्र चौतारी’ को ब्यानरमा निर्माण हुने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका छन् ।स्पट ब्वाईको रूपमा काम गर्दै आएका राजु फुयाँल भने फिल्मका निर्माता हुन् l त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको फिल्ममा फिल्ममा रश्मि भट्ट, पवन भट्टराई, सन्जोग रसाइली ,सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल लगायतको अभिनय रहेको छ l फिल्म आगामी भाद्र ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ l