प्रदर्शन हुन २ दिन मात्र बाँकी रहन्दा चलचित्र ‘जोनी जेन्टलम्यान’को टिम भने यतिबेला मोफसलको यात्रा गरिरहेको छ । 
पल शाह, आँचल शर्मा, गीतरसंगीत र ट्रेलरका कारण चर्चामा रहेको सिनेमा यतिबेला राजधानी बाहिरका विभिन्न शहरहरुमा प्रचारको लागि पुगेको छ ।  पोखराबाट सुरु गरेको प्रचार बुटवल, चितवन, हेटौडा हुँदै काठमाडौँमा आएर टुंगिनेछ ।पल, आँचल,निर्माता, निर्देशक सहितको टोलीले पोखरा, बुटवल र चितवनमा प्रेसमिट सम्पन्न गरेर ‘जोनी जेन्टलम्यान’ टिम हेटौडा तर्फ प्रस्थान गरेको छ । प्रेसमिटमा सिनेमाका कलाकार, निर्देशक र निर्माताले ‘जोनी जेन्टलम्यान’को बारेमा प्रेससँग रहेका प्रश्नमा सात्क्षात्कार गरे ।नितिन चन्द निर्दे्शित सिनेमा यहिँ शुक्रबार अर्थात् भदौ ३० गते अलनेपाल प्रदर्शन हुदैछ । एक्सन लभस्टोरी सिनेमालाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् । ‘जोनी जेन्टलम्यान’मा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय छ ।रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन रहेको सिनेमामा पारसविक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको पटकथारसंवाद छ ।