फिल्म ‘ए मेरो हजुर ४’ ले तीन दिनमा २ करोड माथिको व्यापार गरेको छ l नयाँ वर्षको अवसर पारेर प्रदर्शन आएको फिल्मले पहिलो दिन नै ८० लाखको ग्रस कलेक्सन गरेको थियो l 'केजिएफ' भारतीय फिल्मको दबदबाबिच पनि देशभरका हलहरूमा पहिलो सो हाउस फुल बनेको थियो l वितरण कम्पनी काफिया फिल्म्सका गोविन्द शाहीले दिएको रिपोर्ट अनुसार यो फिल्मले पहिलो दिन नै ८० लाख कमाएको थियो l साथै तेश्रो दिन पनि नेपालका अधिकांश हलहरू भरिएका छन् भने फिल्मलाई दर्शकले अत्याधिक रुचाएका छन् l फिल्म आज चौथो दिनमा आएको छ l फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन् l सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक झरना थाप लेखेकी हुन् । प्रेम कथामा आधारित रहेर फिल्म बनेको छ l पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतीक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । फिल्ममा अनमोल र सुहानाको अलावा सलोन बस्नेत, सरोज खनाल , रबी गिरी लगायत कलाकारहरूको अभिनय रहेको छ