नायक अनमोल केसीले आफू इन्डस्ट्रीको 'रियल प्लेयर’ भएको दाबी गरेका छन् । 'केजिएफ' भारतीय फिल्मको दबदबाबिच पनि देशभरका हलहरूमा आफ्नो फिल्मले कब्जा जमाएकोमा केसीले आफूले आँफैलाइ 'रियल प्लेयर’ उपाधि दिएका हुन् l पत्रकारको प्रश्नमा केसीले आफ्नो अभिव्यक्ति दिएका हुन् l तपाईँ फिल्म इन्डस्ट्रीको रियल प्लेयर हो ?’ भनेर पत्रकारले सोध्दा उनले एकदमै भनेर उत्तर दिएका थिए l साथै ,राजधानीका विभिन्न हलहरूमा पुग्ने क्रममा उनले गोलकिपर भएको पोस्टमा गोल हान्ने नै विजेता हुने बताए । ‘खाली पोस्टमा त जसले नि गोल हान्छ । गोलकिपर भएको पोस्टमा जसले गोल हान्छ उही हो विजेता,’ उनले भने । यस पटक नेपाली फिल्मले वास्तवमै प्रतिस्पर्धा गरेको पनि अनमोल बताउँछन् ।सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक झरना थाप लेखेकी हुन् । प्रेम कथामा आधारित रहेर फिल्म बनेको छ l पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतीक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । फिल्ममा अनमोल र सुहानाको अलावा सलोन बस्नेत, सरोज खनाल , रबी गिरी लगायत कलाकारहरूको अभिनय रहेको छ l