लोकप्रिय उपन्यास 'उलार' मा आधारित नाटक टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने भएको छ l यही वैशाख ६ गते बाट मञ्चन हुने नाटकलाई चे शंकरले परिकल्पना तथा निर्देशन गरेका हुन् l गार्डेन थिएटरले कथा घेरासँगको सहकार्यमा मञ्चन हुन लागेको नाटक 'उलार' चर्चित उपन्यासकार नयनराज पाण्डेको हो l नाटक वैशाख १८ गते सम्म मञ्चन हुनेछ । उलार नेपालगन्जको परिवेशमा बुनिएको उलार सीमान्त तहका जनताको संघषको कथा हो । नाटकमा सरिता गिरी, सबिर चुरौटे, अरुण शर्मा, संजय गुप्ता, शेखर चापागाईँलगायत कलाकारलाई देख्न सकिन्छ l