गायिका मेलिना राई र रमेश राईको आवाजमा गीत ‘मकै पिन्नु जाँतोमा’ इन्टरनेट रिलिज भएको छ ।  निशा नेम्वाङको शब्द, विष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीत गीतमा छ l गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन् ।

अर्जुन खड्काको सम्पादन र निर्देशन रहेको भिडियोमा बिना राउत, सुन्दर घलान र रमेश राईको अभिनय देख्न सकिन्छ । सनम तामाङको छायाङ्कन रहेको भिडियोमा केशवराज भट्टको कोरियोग्राफी छ । भिडियोलाई गायक रमेश राईकै अफिसियल युट्युब च्यानल बाट हेर्न सकिन्छ l