अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गर्दै नाबालिगले आफ्नो बयान फेरेकी छन् l अभिनेता पललाई बलात्कारको आरोप लगाएर केही महिना हिरासतको घुमाएकी नाबालिगले आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको छ । उक्त बकपत्र अभिनेता पल निर्दोष हुने साबित गराएको छ l उनको पक्षबाट गएका एक वकिलले भने– होस्टाइल भइन्, बयान पुरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दै छिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यही सारेकी हुँ भनिन् । जबकि उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैँडाकोटमा गरेर तीन पटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दै छिन् । अब बयान फेरेको आरोपमा नाबालिगलाई नै जेल सजाय हुन सक्ने बुझिएको छ l