राष्ट्रिय चलचित्र पुरस्कारमा दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘आमा’ सर्वोत्कृष्ट र नायिका सुरक्षा पन्त उत्कृष्ट नायिका ठहरिएकी छन् l यस्का साथै 'आमा' फिल्म बाट निर्देशक दीपेन्द्र के खनालले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाए l साथै कलाकार दीपक राज गिरी सर्वोत्कृष्ट अभिनेता मानिएका छन् l चलचित्र विकास बोर्डद्वारा आयोजित अवार्ड कार्यक्रममा फिल्म ६ माया छपक्कैबाट उत्कृष्ट अभिनेता कहलिएका हुन् l शीतल निवासमा आयोजित कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार वितरण गरेकी थिइन् ।