कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा तहल्का मच्चाएको छ l वैशाख १ बाट रिलिजमा आएको फिल्मले चार दिनमा बक्स अफिसमा १०० करोडको आँकडा पार गरेको हो l फिल्मले झन्डै ४०० करोड भारु कमाइ गरेको छ भने हिन्दी भर्सनमा मात्रै १९५ करोड कमाइ गरेको छ । ‘केजीएफ-२’ले हिन्दी भर्सनमा बिहीबार ५३.९५ करोड, शुक्रवार ४६.७९ करोड, शनिवार ४२.९ करोड र आइतबार ५१ करोड भारु कमाइ गरेको छ । यसरी यो फिल्मले हिन्दी भर्सनमा मात्रै चार दिनमा १९४.६४ करोड कमाएको छ । हिन्दी डब फिल्मले कमाइ गरेको यो अहिलेसम्मकै बढी हो । प्रशान्त नीलद्वारा लिखित तथा निर्देशित फिल्म भारतमा ६ हजार स्क्रिनमा प्रदर्शन हुनेछ । होम्बले फिल्म्सको ब्यानरमा विजय किरागन्दूरले निर्माण गरेको फिल्मलाई उत्तर भारतीय बजारमा रितेश सिधवानी र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्ट र एए फिल्म्सले प्रस्तुत गरेको छ l