इण्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजन नेपाल आउने भएका छन् । साङ्गीतिक कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् l यही वैशाख ११ गते काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुति दिएका हुन् l यही वैशाख ११ गते हुन लागेको कन्सर्टलाई रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गर्ने लागेको हो l कार्यक्रमका लागि २५ सय र ३ हजार रुपैयाँ दरको टिकट राखिएको छ l आईएमई पेबाट अनलाइन टिकट खरिद गर्न सकिने जनाइएको छ । उक्त टिकटबाट उठेको रकम सामाजिक कार्यका लागि उपलब्ध गराइने छ l