फिल्म ‘२ नम्बरी’को छायाङ्कन पुन:सुरु भएको छ l कास्कीको ल्वाङ गाउँ बाट फिल्मको छायाङ्कन सुरु गरिएको हो l    l केही प्रतिशत छायाङ्कन हुँदा हुँदै कोरोना कहरका कारण बिचैमा रोकिएको फिल्म फेरी खिच्ने निर्माण टिमले जानकारी गराएको हो l भैसकेको दृश्य कैदलाई पनि छोडेर निर्माण टिमले फेरी सुरु देखिनै फिल्म खिचेको हो l दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने फिल्ममा यस अघि दयाहाङ राई पल शाह, वर्षा राउत, भुटानी अभिनेत्री उँगेन छोदन र जयनन्द लामाको मुख्य भूमिका थियो । फिल्मले गलत पेसामा रहेका २ जना साथीको मित्रताको कथालाई देखाउन खोजेको छ । आगामी कात्तिक ४ गतेबाट यो फिल्मको प्रदर्शन मिति समेत तय गरिएको छ l किरण नेपाली प्रस्तुतकर्ता रहेको  फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेनको मुख्य भूमिका छ ।