फिल्म ‘सिल्ली फो’ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको रिलिज मिति तय गरेका छन् l असार ३१ गतेलाई रिलिज मिति तय गरिएको हो l सार्वजनिक पोस्टरमा केकी अधिकारी, धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेललाई देखाइएको छ l राजबहादुर साने निर्देशन रहेको फिल्ममा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह निर्माता छन् । फिल्मले चार जना बदमास पात्रको कथा भन्छ । नरेन्द्र आलेको छायाङ्कन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको सङ्गीत, तारा थापा ‘किम्भे’को सम्पादन र अनन्त घिमिरेको कलर संयोजन फिल्ममा छ l