कमेडी सो ‘कमेडी हब’ निर्माण हुने भएको छ । केदार प्रशाद घिमिरे उर्फ 'माग्ने बुढा' को निर्देशन रहने कमेडी सो वैशाख बाट प्रदर्शनमा आउने छ l  शोको आधिकारिक पोस्टर सार्वजनिक गर्दै यस विषयमा जानकारी दिइएको हो l सो मा राजा राजेन्द्र, खड्गबहादुर पुन मगर (खबपु) र सुबोध गौतमले कमेडी कला प्रस्तुत गर्ने छन् l एपी वान् टेलिभिजन मार्फत प्रसारणमा आउने सो लाई वैशाख अन्तिमदेखि एपीवान टेलिभिजनबाट सो प्रसारण हुने जनाइएको छ । कन्टेन्ट निर्देशन माग्ने बुढा र प्राविधिक निर्देशन चाहिँ जनकदीप पराजुलीले गरिरहेका छन् ।