फिल्म ‘सम्झना बिर्सना’को ट्रेलर रिलिज गरिएको छ l ट्रेलरमा पूजा र आकाशको लभ, रोमान्स र बिछोडलाई प्रस्तुत गरिएको छ । फिल्ममा मुख्य भूमिकामा कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ छन् l फिल्ममा निर्माताको रूपमा आदित्य प्रधान र रेविका प्रधान रहेका छन् l निर्देशक प्रधानको डेब्यु निर्देशन रहेको फिल्मलाई सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन गरिएको छ l
फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंको रहेको छ भने शिशिर राणा र निमेष प्रधानले मिलेर फिल्मको संवाद लेखेका हुन् ।