‘मिस नेपाल–२०२२’को खोजी सुरु भएको छ ।  आयोजक द हिँड्न ट्रेजरले एक विज्ञप्ति जारी गर्दै ‘मिस नेपाल २०२२’ को आवेदन खुल्ला भएको जनाएको हो । वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने मिस नेपालमा छनोट हुनका लागि ५ फिट ३ इन्च उचाइ र १८ वर्षदेखि २७ वर्ष उमेर हद राखिएको छ । सातै प्रदेशमा अडिसन हुने प्रतियोगिताको वीरगन्ज, धरान, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौँमा अप्रिल २२ देखि मे १० सम्म अडिसन चल्ने भएको छ । यसपटकको संस्करणमा भाग लिने प्रतियोगिताको मापदण्डमा केही परिवर्तन गरिएको आयोजकको भनाइ छ ।