नवराज कलाउनी र विद्या तिवारीको स्वरमा ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द रचना पनि गायक नवराजकै हो । गीतमा सङ्गीत राजेन्द्र भट्टको रहेको छ । सार्वजनिक गीतलाई आकाश पाण्डेले निर्देशन गरेका हुन् ।

ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतलाई अर्जुन भुसालले कोरियोग्राफ गरेका हुन् ।गीतमा मोहित मुनालको एरेन्ज र विकास ज्ञवालीको सम्पादन रहेको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र  सिर्जना कार्की फिचर्ड छन् l