केही दिन अघी नाबालिगले पलले बलात्कार गरेको कुरा झुटो भएको बयान दिएपछि उक्त प्रकरण अहिले झन् तातिएको छ l केही महिना अघि बलात्कार गरेको भन्दै ठाउँ ठाउँमा उजुरी दिएकी नाबालिगले एका एक् आफ्नो बयान फेरेपछि उक्त कुराले अहिले सिने बजार तताएको नै छ l त्यही माथि दर्शकले नाबालिगलाई झन् झन् आक्रोशको नजरले हेर्न थालेका छन् l साथै, उनले थुप्रै गालीगलौजको सामना गरी रहनु पनि परेको छ l यसै क्रममा नायिका नम्रता सापकोटा नाबालिगको पक्षमा उत्रेर महिला हुनु नै गलत हो भन्ने प्रश्न गरेकी छन् l

Cine pati

सञ्जाल मार्फत नायिका सापकोटाले सो प्रश्न गरेकी हुन् l सञ्जालमा लेख्छिन् :हिजो ममाथि जबरजस्ती करणी भयो भन्दा पनि तिनै गायिका दोषी हुने र आज यो घटना भएको होइन भन्दा पनि तिनै गायिका दोषी हुने यो कस्तो अवस्था हो ? के महिला हुनु नै अपराध हो यो समाजमा?