बलात्कार आरोप लागेका अभिनेता पल शाह यती बेला सत्य साबित हुँदै गैरहेका छन् l केही दिन अघि नाबालिगले बयान फेरे पछि उनी निर्दोष हुने सम्भावना बढेको थियो l साथै अब उनी माथि लागेका झुटो आरोपहरू हट्दै गएको छ l हालै नाबालिगको बुवाले पनि आफ्नो बयान फेरेका छन् l मङ्गलवार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएको जिल्ला अदालत तनहुँका मीनबहादुर कुँवरले जानकारी दिए। ‘जाहेरीवालाको बकपत्र होस्टाइल भयो। पहिला जाहेरीमा जे उल्लेख थियो, ठ्याक्कै विपरीत बयान दिनुभयो,’ श्रेष्तेदार कुँवरले भने ‘उहाँले जाहेरीमा गरेको हस्ताक्षर आफ्नै भएको स्वीकार गर्नुभएको छ।’ साथै प्रकरणका मुख्य आरोपी गायक दुर्गेश थापाले पनि बकपत्र दिएका छन्। ‘दुर्गेशले सो क्रममा दुई जनाको विषयमा मलाई थाहा छैन। मैले सुनेको मात्र हुँ ' बकपत्रमा छ l