अबदेखि सिनेमा हलको सो सङ्ख्या र टिकट दर तोक्न चलचित्र विकास बोर्डको अनुमति लिनु पर्ने भएको छ l बिकासबोर्डका अध्यक्ष दयाराम दाहालले गत मंगलबार उपत्यकाका सबै प्रदर्शक, वितरक र निर्मातालाई कार्यकक्षमा बोलाएर उक्त कुरा फैसला गरेका हुन् l मध्यरातमा फिल्म चलाउने र आफूखुसी टिकट दर कायम गरिएको भन्दै व्यापक गुनासो आएपछि बोर्डले प्रदर्शक र वितरकलाई बोलाएर यस्तो निर्देशन दिएको हो l यदि नियम विपरीत गए उक्त हललाई सदाका लागि बन्द गराइने पनि फैसलामा सुनाइएको छ l साथै ‘अबका दिनमा पहिलो प्राथमिकतामा नेपाली फिल्मलाई दिनु पर्ने पनि बताइएको छ l   साथै छलफलमा सहभागी प्रदर्शक र निर्माताले भने चौबीसै घण्टा सो उपलब्ध गराउनुपर्ने नियम ल्याउन आग्रह गरेका थिए । भने उक्त कुराको जवाफमा दर्शक आउने परिस्थितिमा मध्यरातमा पनि हल चलाउन पाइने, तर सुरक्षाको पूर्ण सुनिश्चितता हुने कुरा पनि भएको छ । यसबारे गृह मन्त्रालयका प्रतिनिधिलाई बोलाएर समेत छलफल गर्ने सहमति भएको दाहालको भनाइ छ l भने बक्स अफिसलाई पनि कडाइका साथ पालना गर्नुपर्ने कुरा पनि राखिएको छ l