बलिउड फिल्म निर्माता राजकुमार हिरानी सँग अभिनेता शारुख खानले सहकार्य गर्ने भएका छन् l हिरानीको आगामी फिल्म ‘डंकी’ मा शारुख मुख्य भूमिकामा देखिन लागेका हुन् l अभिनेता शाहरुख स्वयम्ले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै फिल्म बारे जानकारी गराएका हुन् l उनले क्यापसनमा पनि लेखेका छन्  यो फिल्म हिरानीको ड्रिम प्रोजेक्ट हो । शाहरुख र राजकुमार यो फिल्म मार्फत पहिलो पटक सँगै काम गर्न लागेका हुन् । फिल्मलाई राजकुमार हिरानी, ​​अभिजात जोशी र कनिका ढिल्लनले लेखेका हुन् । शाहरुखको यो फिल्म जियो स्टुडियो, रेड चिलीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सले संयुक्त रूपमा प्रस्तुत गर्नेछन् । फिल्ममा शाहरुख खानसँग तापसी पन्नु मुख्य भूमिकामा देखिनेछिन् ।  फिल्म २२ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ।