नायिका प्रियङ्का कार्कीले फिल्म निर्माण गर्ने भएकी छिन् l हाल स्क्रिप्टमा काम गरी रहेकी कार्की आफू अभिनीत फिल्म 'लक्का जवान' को लागि राखिएको प्रेस मिटमा फिल्म निर्माणमा लाग्ने योजना गरेको जानकारी गराएकी हुन् l आफ्नै ब्यानर ट्वींकल बेल पिक्चर्सबाट उनले फिल्म बनाउन लागेकी हुन् l दुई वटा फिल्मको तयारी गरेकी कार्कीले एउटा प्रेमकथा र अर्को अनपेक्षित खालको फिल्म बनाउने छिन् l प्रियङ्काको अनुसार अर्को वर्ष बाट फिल्म फ्लोरमा उत्रने छ l लैजाने तयारीमा छु ।’  प्रियङ्काको फिल्म कम्पनीले यसअघि ‘वसन्त’ नामक छोटो फिल्म र ‘जस्ट अनादर’ लभ स्टोरी सिरिज निर्माण गरिसकेको छ । यो सिरिजको दोस्रो सिजनलाई अघि बढाउने तयारीमा उनी छिन् । एपीवान टेलिभिजनसँग मिलेर सिरिज बनाउनेदेखि दुई रियालिटी सो सञ्चालनमा ल्याउने प्रियङ्काको योजना छ ।