नायिका केकी अधिकारीले गुपचुपमै बिहे गर्ने खबर बाहिरिएको छ l बुझिए अनुसार उनी आज भोलि नै बिहे बन्धनमा बाधीदै छिन् l सिने क्षेत्रमा हल्ला चले अनुसार उनी एक युवकको प्रेममा छिन् l नाम नखुलेता पनि ती युवक केकी भन्दा उमेरले कान्छा छन् । केकी निकट एक अभिनेत्रीले पनि केकी पहिल्यैदेखि आफ्नो विवाह गोप्य तरिकाले गर्ने चाहना व्यक्त गर्थिन् । भोलिपल्ट फोटो आएपछि थाहा भयो भने पनि चित्त नदुखाउनु भन्थिन् । यदि आजै विवाह हुन लागेको हो भने भोलि फोटो आइहाल्छ । त्यतिन्जेल प्रतीक्षा गर्नुस् ।’ भनेकी छन् l यस बारे उनका पिता बद्री अधिकारीले पनि यस बारे बोल्न नचाहेको नेपाल प्रेसमा उल्लेख छ l