तमिल र तेलुगु अभिनेत्री  काजल अग्रवालले पहिलो सन्तानलाई जन्म दिएकी छिन् l उनले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् l काजलकी बहिनी निशाले इन्स्टाग्राम स्टोरीमा तस्बिर राख्दै उक्त कुराको जानकारी गराएकी हुन् । उनले लेखेकी छिन्,‘यो खुसीको दिन हो। म तपाईँहरू सबैसँग केही विशेष समाचार साझा गर्न पर्खन सक्दिन ।’  गर्भवती हुँदा काजलले आफ्नो मातृत्व यात्राबारे प्रशंसकहरूसँग लगातार अपडेट गरिरहेकी थिइन् ।