नायिका केकी अधिकारीले गुपचुपमा लगन गाँठो कस्दै छिन् l भोलि बिहीबार उनी रोहित तिवारी सँग विवाह बन्धनमा बाधिदै छिन् l  पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा यो जोडीको बिहे हुँदै छ l आज भने मेहेन्दी कार्यक्रम भएको हो ।मेहेन्दी कार्यक्रमको एक तस्बिर पनि सार्वजनिक भएको छ जसमा केकी र रोहित देखिएका छन् l रोहित पेसाले एक व्यवसायी हुन् l यी दुईको प्रेम बिहे हो l