अभिनेता अनुप विक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट गर्ने भएका छन् । उनले होस्ट गर्न लागेको शोको निर्देशक सौगातमान सिंह बस्नेत रहेका छन् ।विभिन्न पर्यटन सम्बन्धी यात्रा गराउने उद्देश्य रहेको शो देश तथा विदेशमा समेत प्रस्तुत गर्ने उद्देश्यले अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण हुनेछ । शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एन्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का विषय समेटिने शोका निर्देशक सौगातमान सिंह बस्नेतले बताए ।स्टुडियो कृयो र ब्रान्डल्याण्डसरको सहकार्यमा ट्रेकिङ टिमको प्रस्तुति रहेको शोको नाम छिट्टै एक औपचारिक कार्यक्रम मार्फत गर्ने बताइएको छ । करिब तीन दशकदेखि ट्रेकिङ र पर्यटन क्षेत्रमा काम गर्दै आएको टे«ेकिङ टिम कम्पनीले नेपाल, तिब्बत र भुटानमा ट्रेकिङ, माउन्टेन क्लाम्विङ, मोटरबाइकिङ, माउन्टेन बाइकिङका साथै थुप्रै एडभेन्चर स्पोट्सहरु खेलाउँदै आएको ट्रेकिङ टिमका सिइयो प्रवेश देवकोटाले बताए ।शोका लागि टेलिभिजन समेत फिक्स गर्ने तरखरमा आफू रहेको निर्देशक सौगातले बताए । ‘शोमा थुप्रै पिकहरू चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उद्देश्य हाम्रो रहेको छ’ सौगातले थपे ‘इन्टरनेशनल टुरको कल्चर शोको समेत प्लानिङ भइरहेको छ ।’